• ६ माघ २०८१, आइतबार

बार एसोसिएसनमा दुई प्यानलबिच प्रतिस्पर्धा हुने

blog

देवरामप्रसाद यादव

सप्तरी, पुस ७ गते । सप्तरीको राजविराजस्थित जनकपुर उच्च अदालत राजविराज इजलासमा कानुन व्यवसायीहरूको साझा सङ्गठन उच्च अदालत बार एसोसिएसनको निर्वाचन अगामी पुस १४ गते हुने भएको छ । 

बार एसोसिएसनको नयाँ नेतृत्वका लागि बलराम प्रसाद सिंह र हरेराम यादव प्यानल बिच प्रतिस्पर्धा हुँदैछ । कुल अध्यक्ष सहित १३ पदका लागी हुने निर्वाचनमा लोकतान्त्रिक कानुन व्यवसायी समूह तथा प्रगतिशील पेसागत समावेशी कानुन व्यवसायी समूह बिच प्रतिस्पर्धा हुने भएको छ ।    

प्रगतिशील पेसागत समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्ष पदमा बलराम प्रसाद सिंह, उपाध्यक्ष तेजनारायण चौधरी, सचिव दानो कुमारी चौधरी र कोषाध्यक्ष बालकृष्ण कार्की प्रतिस्पर्धी  छन् । त्यस्तै, सदस्यहरूमा प्रदीप कुमार मण्डल, उदयचन्द्र जैन, राजकुमार टरैत, भागवत यादव, राम नारायण चौधरी, प्रेम कुमार आले, लिलाम्बर कर्ण र सुरेन्द्र कुमार दास प्रतिस्पर्धी  रहेका छन् । 

यस्तै, लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.समिम अख्तर र कोषाध्यक्षमा उमाशंकर देव प्रतिस्पर्धी छन् । सदस्यहरूमा डा. सन्तोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, चन्द्रकान्त यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त प्रतिस्पर्धी छन् । 

निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवका अनुसार केन्द्रीय पार्षद् पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्ण, अशोक कुमार झा, बलवीर चौधरी, बालाकृष्ण ढुङ्गाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भूप नारायण यादव निर्विरोध निर्वाचित भएको बताउनुभयो । यस निर्वाचनमा कुल २ सय ३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।