ललिता साह
बोदेवर्साइन (सप्तरी), पुस ७ गते । कोचिङ पढ्न भनी घरबाट हिँडेका बालक गिरिशचन्द्र देव १० दिनपछि शनिवार घर फर्केका छन् । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १७ वर्षीय गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।
आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर अघिल्लो दिन फोन गरेका गिरिश शनिवार घर आइपुगेका हुन् । गिरिश घर फर्केपछि अभिभावकसहित शनिवार जिल्ला प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गरी परिवारको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले जानकारी दिनुभयो ।