वन क्षेत्रमा उत्खननका लागि सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ
धनुषा र सिरहाको सीमा क्षेत्रमा रहेको कमला खोलाबाट उत्खननका लागि सिफारिस दिएको आरोपमा सिरहाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।
टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै
वीरगञ्ज (पर्सा), पुस १३ गते । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । रासस
शासक होइन सेवक भई काम गर्दै छु
परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँ
प्रमुख मिश्रसमक्ष थारु आयोगको प्रतिवेदन पेस
थारु आयोगका सदस्य भोलाराम चौधरीले बिहीबार आयोगको पाँचौ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउनुभएको छ ।
हात्तीको आक्रमणबाट एक जना घाइते
विगत दुई महिनादेखि बर्दिबासका ग्रामीण भेगमा उपद्रो मच्चाउँदै आएका हात्तीको आक्रमणमा परी एक जनालाई घाइते भएका छन् । हात्तीले वन कार्यालयको भवनमा क्षति पुर्याएका छन् ।
७५ वर्षीय वृद्धको हत्याको अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा एक वृद्धको हत्या भएको छ । हरिपूर्वा वडा नं. ३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको हो । राय आफ्नै गोठमा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भन्सारमै थन्किए आयातित गाडी
एकीकृत जाँच चौकी वीरगन्जको पार्किङ क्षेत्रमा सयौँ सानाठुला नयाँ सवारीसाधन राखिएका छन्। भन्सार बिन्दुमा सवारीसाधन आइसकेकाले वीरगन्ज भन्सार कार्यालयले पनि सोही अनुसार लक्ष्य निर्धारण ग-यो तर आयातकर्ताले भन्सारबाट सवारीसाधन नलगेपछि भन्सार असुलीको लक्ष्य नै नपुग्ने भएको छ ।
वैशाखसम्ममा जिल्ला अस्पतालको स्तरोन्नति हुनेछ : स्वास्थ्य मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति वैशाखसम्म हुने बताउनुभएको छ ।
सवारीसाधन थन्किँदा राजस्व प्रभावित
वीरगन्ज भन्सार कार्यालयमा (एकीकृत जाँच चौकी) सवारीसाधन थन्किँदा राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेपछि लक्ष्य अनुरूपको प्रगति हुन सकेको छैन।
राष्ट्रिय सभा निर्वाचन : कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले ६ जनाको नाम सिफारिस गरेको छ ।
दूषित पानीका कारण रोगको सङ्क्रमण
धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् ।
जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।
मिटर ब्याजबाट मुक्ति
घरखर्चका लागि साहुबाट लिएको ऋणमा डुबेर सर्वस्व गुमाएका पीडितले अहिले न्याय पाएका छन् । ऋणकै कारण घरजग्गासमेत गुमाएकाले घरजग्गा फिर्ता पाएका छन् भने समाजमा पुनस्र्थापनाको वातावरण सिर्जना भएको छ । साहुले ऋणीसँग पारित गराई लिएको १६६ बिघा १९ कट्ठा साढे १८ धुर जग्गा फिर्ता भएको छ ।
मधेशका किसान उत्साहित
सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् ।
जनकपुरधामबाट भार पठाउने तयारी
भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
कुँडिएको मनले नै उखु बुझाउँदै किसान
उखुको मूल्यमा मन कुँडिइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् ।
सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम
मधेश प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम दिइएको छ । महिला तथा सीमान्तकृत समुदायका समस्यालाई सम्बोधन तथा कार्यान्वयन गराउने उद्देश्यले सो तालिम दिइएको हो ।
एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
हात्ती धपाउन जङ्गलमा नगर प्रमुख
बर्दीबास नगरपालिकामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण हुन नसक्दा स्थानीय जनता त्रासमा छन् । रातको समय बस्ती प्रवेश गर्ने हात्तीका जोडीले जनताका घर भत्काउनुका साथै बालीबिरुवामा समेत क्षति पु-याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्री आफैँ हात्ती धपाउने अभियानमा जुट्नुभएको छ ।
सीमा क्षेत्रबाट लागूऔषधसहित एक पक्राउ
सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागू औषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
‘नागरिकको हितमा केन्द्रित भएका छौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।
खानेपानीमा आइरनको मात्रा बढी
मधेश प्रदेशको आठ वटै जिल्लाको खानेपानीमा आवश्यकता भन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको पानी परीक्षण प्रयोगशालाले प्रदेशका विभिन्न स्थानबाट सङ्कलन गरेको नमुना पानी परीक्षण गर्दा खानेपानीमा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको हो ।