• ६ माघ २०८१, आइतबार

सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस ९ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

स्थानीय कमल राउतका अढाइ वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो । खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए ।  

बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।  

सेफ्टी ट्याङकीको खाल्डो कमसल जस्तापाताले छोप्दा दुःखद घटना भएको स्थानीयले बताएका छन् ।