• ६ माघ २०८१, आइतबार

विदेह नगरपालिकाबाट श्रम स्वीकृति दिन सुरु

blog

सेवा ग्राहीलाई श्रम स्वीकृति प्रदान गर्दै विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास ।

विजयकुमार साह 

ढल्केवर, पुस १४ गते । धनुषाको विदेह नगरपालिका व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । विदेह नगरपालिकाका नगरप्रमुख बचेन दासले सेवा ग्राहीलाई श्रम पत्र हस्तान्तरण गरेर श्रम स्वीकृति दिन सुरु गरेको हो । 

नगरपालिकाका अनुसार नगरको रोजगार सेवा केन्द्रे आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिनेछ । सरकारी व्यवस्था अनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको नगरप्रमुख दासले बताउनुभयो ।