• २८ वैशाख २०८३, सोमबार

सर्लाहीमा सडेको अवस्थामा शव फेला

blog

जनार्जन खत्री
सर्लाही, वैशाख २८ गते ।
सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिल नजिक एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

हुलाकी सडक किनारमा अन्दाजी ४० वर्षीय पुरुषको शव बरामद भएको हो । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी ले सडेर गन्ध फैलिरहेको अवस्थामा शव फेला परेको जानकारी दिनुभयो ।

आइतबार अपराह्न हुलाकी सडकछेउको जलकुम्भीको घारीमा बेवारिसे शव देखिएपछि प्रहरी चौकी गोडैतामा खबर गरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुढाथोकीको नेतृत्वमा गएको टोलीले घटनास्थलको प्रकृतिमुचुल्का गरी शव पोस्टमार्टमका लागि आइतबार राति प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।

घाम र पानीका कारण शव सडिसकेको तथा कपडामात्र चिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको सरोज राई ले बताउनुभयो ।