• ६ माघ २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस

blog

निर्वाचन आयाेग नेपाल । फाइल तस्बिर ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, पुस ११ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले ६ जनाको नाम सिफारिस गरेको छ । मङ्गलबार बसेको धनुषा कार्य सम्पादन समितिको बैठकबाट ६ जनाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।  

कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश अन्तर्गत दुई पदका लागि कांग्रेस धनुषा कार्य सम्पादन समितिको बैठकबाट सर्वसम्मत ६ जनाको नाम सिफारिस भएको बताउनुभयो । जारी विज्ञप्तिमा धनुषा कार्य सम्पादन समितिको बैठकबाट ६ जनाको नाम सर्वसम्मत सफारिस गरिएको उल्लेख छ । 

मधेश प्रदेशमा खाली हुन गइरहेको राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि धनुषा कांग्रेसले सिफारिस गरेको ६ जनामा धनुषाका पूर्व सभापति महेश शङ्कर गिरी, राजकिशोर सिंह, रामपल्टन साह, तुल्सा आचार्य, बासुलाल महतो र अनिता श्रीवास्तव  छन् । 

उल्लेखित नामहरु प्रदेश समितिमा सिफारिस भएको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताउनुभयो ।