शीतलहर छल्न ज्याकेट पाएपछि विद्यार्थी खुसी
सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
सर्लाही घटना: भोली बिहान ८ बजेसम्म निषेधाज्ञा
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बरहथवा घटना: मृतक युवकको शव अझै घटनास्थलमा
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
सर्लाहीको बरहथवामा कर्फ्यु
जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।
बरहथवामा गोली चल्यो, एकको मृत्यु
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।
बँदेललाई आहारा अभाव
बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै वासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक वासस्थान बनाउन थालेका हुन् ।
मोबाइल फोनबाट धम्की दिई ५० लाख माग गर्ने पक्राउ
मोबाइल फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त कसुरमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह पक्राउ परेका हुन् ।
धनुषाको संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी
धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् ।
तलबको माग गर्दै शिक्षक र कर्मचारी धर्नामा
छ महिनादेखि तलब नपाएपछि रौतहटको फतुवा विजयपुरका शिक्षक तथा कर्मचारी तीन दिनदेखि धर्नामा छन् ।
मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण
धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरण पुगेको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ ।
जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान
जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।
'भिजिट जनकपुरधाम २०२४' सुरु
सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताउनुभयो ।
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।
१४ लाख नगदसहित दुई जना पक्राउ
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्राेत नखुलेको रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीता मढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।
छ महिनापछि हरिपूर्वा नगरपालिकाको कार्यपालिका बैठक बस्यो
सर्लाहीको हरिपूर्वा नगरपालिकामा छ महिनापछि कार्यपालिका बैठक बसेको छ । जनप्रतिनिधिबिचको विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावले यहाँ गएको असारदेखि कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
रातु नदी उत्खननमा विमति
रातु नदी ठेक्काको विषयलाई लिएर विरोध, बहस र विवाद चलिरहेको बेला बर्दीबास नगरपालिकाले उत्खनन क्षेत्रको अनुगमन गरेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका प्राविधिक, सञ्चारकर्मी एवं सर्वसाधारण सम्मिलित टोलीले उत्खनन क्षेत्रको बुधबार संयुक्त अनुगमन गरेको हो ।
भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप काम अगाडी बढाएको छु : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ ।
जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तवरले सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उखु किसानले पाए अनुदान रकम
सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । रु आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत रु २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
चिसोले तराईको जनजीवन कष्टकर
सर्लाहीसहित तराईका जिल्लामा तीन दिनदेखि अत्यन्त कठ्याङ्ग्रिदो चिसो भइ जनजीवन कष्टकर बन्दैगएको छ ।