• १६ असार २०८१, आइतबार

सर्लाहीको बरहथवामा कर्फ्यु

blog

तनावपूर्ण बनेको बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस २० गते । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। 

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले स्थिति सामान्य पार्न शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको गोरखापत्र अनलाइनसँग बताउनुभयो। 


घटनामा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीले चलाएको गोली लागेर उहाँको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अझै पुष्टि गरेको छैन । 

प्रदर्शनमा क्रममा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवाई फायरिङ र अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

बरहथवामा गोली चल्यो, एकको मृत्यु