• ३० वैशाख २०८१, आइतबार

१४ लाख नगदसहित दुई जना पक्राउ

blog

रवीन्द्र उप्रेती

बर्दीबास, पुस १९ गते । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्राेत नखुलेको रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीतामढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।  

स्रोत नखुलेको १४ लाख नेपाली रुपियाँ बरामद भएको हो । सीमापारिको भारतीय बजार मधवापुरबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक मण्डललाई खानतलासी  गर्दा एक हजार दरका दुई सय र पाँच सय दरका चार सय वटा नोटहरू गरी चार लाख नेपाली रुपियाँ बरामद भएकाे थियाे । 

पुनः राजु यादवबाट एक हजार दरका सात सय वटा र पाँच सय दरका छ सय वटा नेपाली रुपियाँको नोट गरी १० लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठले बताउनुभयो । 

दुवै जनालाई थप अनुसन्धान गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।