• २८ वैशाख २०८१, शुक्रबार

हजार केजी गाँजासहित पक्राउ

blog

राजविराज (सप्तरी), पुस २१ गते । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारी धनी टिपर चालक धनकुटाको सहिद भूमि गाउँपालिका-४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताउनुभयो । यसैगरी, सप्तरीको राजगढ गाउँपालिका-२ झौरा चोकबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँसहित पक्राउ परेका एक जनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । रासस