• १४ असार २०८१, शुक्रबार

शीतलहर छल्न ज्याकेट पाएपछि विद्यार्थी खुसी

blog

लहान नगरपालिका–२३ अवस्थित श्री जनता आधारभूत विद्यालयका विद्यार्थीहरु ज्याकेट पाएपछि खुसी । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, पुस २१ गते ।
 सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।

सोबर एक्सन नेपाल सय समूहद्वारा लहान नगरपालिका वडा नम्बर २० मा पर्ने श्री जनता माध्यमिक विद्यालय हनुमाननगर गोडछाडी, श्री जनता माध्यमिक विद्यालय सोनमति गढा र श्री जनता आधारभूत विद्यालय लहान–२३ बथनाहाका एक हजारभन्दा बढी छात्रछात्रालाई संस्थाका सदस्य बब्लु गुप्ताको अगुवाइमा वितरण गरिएको हो ।

जनता आधारभूत विद्यालय लहान–२३ बथनाहाका कक्षा –५ मा पढने रोशन सहनीले न्यानो  लुगा नहुँदा दुई विद्यालयमा हुन नसकेको दुखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब ज्याकेट पाएपछि विद्यालय नियमित आउने छु ।’’ रोशन जस्तै ज्याकेट पाएका सबै विद्यार्थीले यस्तै खुसी व्यक्त गर्नुभयो ।

सिसिआर सामाजिक दायित्व निर्वाह गर्नका लागि चीन र हङकङगका व्यापारीहरूले नेपाललाई उपलब्ध गराएको ज्याकेट देशैभरीका सबै जिल्लामा वितरण गरिएको गुप्ताले बताउनुभयो ।

शीतलहरको बेला विद्यार्थी घट्ने गरेको अनुभव सुनाउँदै श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन कुमार दासले यस वर्ष विद्यालयका हरेक विद्यार्थीहरूलाई ज्याकेट उपलब्ध गराइ दिएपछि यसले ठुलो राहत भएको बताउनुभयो ।

सामुदायिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी न्यानो लुगाको अभावमा विद्यालयमा नियमित नआउने समस्या थियो । तर, अब ज्याकेट पाएपछि विद्यार्थीहरू मात्रै होइन, अभिभावक र शिक्षकहरू समेत खुसी भएको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक विन्देश्वर यादवले बताउनुभयो ।