राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनु भएको छ ।
अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति
अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति ९प्रतिमा० तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।
सर्लाहीमा बन्यो २१० जना क्षमताको कारागार
सर्लाहीमा कारागार अभावमा कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
प्रहरी समायोजनको काम तत्काल हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरूमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताउनुभएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
मधेश कृषि विश्वविद्यालयमा जनमतको ताला
मधेश कृषि विश्वविद्यालयमा आइतबार जनमत पार्टीले ताला लगाएकाे छ ।
शिक्षक र विद्यार्थीको सहयोगमा बालविवाह रोक्न पहल
जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकमा जनचेतना जगाउने कार्यमा खटाउने योजना बनाएको हो ।
बाक्लो हुस्सु र शीतलहरका कारण तराईमा जनजीवन कष्टकर
बाक्लो हुस्सु र शीतलहरीका कारण सप्तरीलगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ र शीतलहरसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो ।
गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’
परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।
रौतहटमा स्यालको टोकाइबाट १२ जना घाइते
स्यालको आक्रमणबाट रौतहटको गढीमाई नगरपालिका–७ मा १२ जना घाइते भएका छन् । खेतबारीमा घाँस काट्न गएका पालिकाको धनारी टोलका नौ वर्षीय बालकसहित १२ जना स्यालको टोकाइबाट घाइते भएका हुन् ।
जिल्ला प्रशासनद्वारा विपन्नलाई सिरक वितरण
शीतलहरले मधेसमा चिसो बढेपछि जाडोबाट बचाउन जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको हो ।
चुरे संरक्षण नभए मधेश मरुभूमि हुन्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरे संरक्षण नभए मधेश मरुभूमि हुने निश्चित रहेको बताउनुभयो ।
मधेस प्रदेश : आज छैटौँ बलिदान दिवस
मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।
दैनिक दुई दुर्घटना मासिक पाँच जनाको मृत्यु
सवारीसाधनको बढ्दो चापसँगै महोत्तरीमा ट्राफिक नियम उल्लङ्घन बढ्दै गएको छ । असुरक्षित सडक र नियम पालना नगर्ने प्रवृत्तिले सवारी दुर्घटनाको सङ्ख्या पनि थपिँदै गएको छ । बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि पुससम्म १८२ दिनको अवधिमा महोत्तरीमा २६५ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी २५ पुरुष र छ महिला गरी ३१ जनाको ज्यान गएको छ भने घाइते हुनेको सङ्ख्या ४११ जना पुगेको छ ।
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा
अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा अवैध मल निकासी भइरहेको सूचनाको आधारमा खोज तलास गर्दा सो मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
राजविराज नगरपालिकाका वडा सदस्यहरू आन्दोलित
निरङ्कुशता हाबी भएको भन्दै राजविराजका वडा सदस्यहरूको सङ्घर्ष समितिले बिहीबार धर्ना दिएका छन् । बिहीबार ४ गतेदेखि ७ दिनसम्म नगरपालिका कार्यालयको परिसरमा एक घण्टे धर्ना कार्यक्रम गरेको हो ।
बालविवाह न्यूनीकरणमा शिक्षक र विद्यार्थीको सहयोग
जलेश्वर नगरपालिकाले बालविवाह न्यूनीकरणको लागि शिक्षक तथा विद्यार्थीहरूको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकहरूको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकहरूलाई जनचेतना जगाउने कार्यमा खटाउने जनाइएको छ ।
मधेश सरकारको प्राथमिकतामा पूर्वाधार निर्माण
मधेश प्रदेश सरकारले पूर्वाधार विकास निर्माणका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाइलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।
चोरी रोक्न सामुदायिक गस्ती
महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, ड
प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
चिसोले रौतहटकाे जनजीवन कष्टकर
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ । गत दुई साताअघि देखि बिहान बेलुका दिनहुँ लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण खासगरी बालबालिका र वृद्ध बढी प्रभावित भएका हुन् ।
सुशासन कायम गर्ने प्रतिबद्धता अनुरूप काम अगाडि बढ्यो : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले कामलाई अगाडि बढाएको बताउनुभएको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मीको परिवारलाई आर्थिक सहयोग
शिक्षकको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पुल निर्माणका लागि दबाब
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन माग गर्दै स्थानीयवासीले दबाब र्याली निकालेका छन् ।