• १३ साउन २०८१, आइतबार

प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मीको परिवारलाई आर्थिक सहयोग

blog

प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गर्नुहुँदै प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव । तस्बिर : शिवशङ्कर मिश्र

शिवशंकर मिश्र
बारा, माघ ३ गते ।
शिक्षकको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादवले सिम्रौनगढ नगरपालिका–१ निवासी बिनको परिवारलाई एक लाख २५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

भौतिकमन्त्री यादवले मृतक बिनको परिवारलाई मधेश प्रदेश सरकारबाट थप पाँच लाख सहयोग गर्ने घोषणा भइसकेको र उक्त रकम छिट्टै उपलब्ध गराइने जानकारी दिनुभयो ।

तलबको माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मङ्सिर २७ गते मृत्यु भएको थियो ।