शैक्षिक सुधारको माग गर्दै शिक्षक धर्नामा
शैक्षिक सुधारको माग गर्दै धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वामा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालयका शिक्षक धर्नामा बसेका छन् ।
सामाजिक सुरक्षा कोष र मधेश प्रदेशका ४७ पालिकाबिच सम्झौता
कोषले बर्दीबासमा आयोजना गरेको दुईदिने कार्यशाला गोष्ठीमा सहभागि महोत्तरी, सर्लाही र धनुषा जिल्लाका ५३ स्थानीय तहमध्ये ४७ वटा पालिकाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
जङ्गली जनावरबाट बाली जोगाउन खेतमा बास
सर्लाहीमा जङ्गल छेउछाउ खेतबारी भएका किसानलाई जङ्गली जनावरले हैरान पार्न थालेपछि स्थानीय कृषकहरूको खेतमै बास भएको छ । रातको समयमा विभिन्न जङ्गली जनावर खेतबारीमा आएर तरकारी र अन्य बालीनाली खाइदिँदा किसान मारमा परेका हुन् ।
विकासको मान्यताअनुसार अघि बढौँ : प्रमुख मिश्र
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश सङ्घीयताको जननी भएकाले विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
फरार अभियुक्त पक्राउ
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।
मिथिला बिहारी नगरपालिकामा तालाबन्दी
धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।
अवैध उत्खनन रोक्न स्थानीय अग्रसर
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीवासी अग्रसर भएका छन्।
पर्यटन प्रवर्द्धनका लागि सडक फुड फेस्टिभल
मधेश प्रदेशमै पर्यटकीय नगरको पहिचान बनेको बर्दीबासमा अब सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) आयोजना गरिने भएको छ ।
देखिन छाडे सुगा र मैना
धनुषालगायत तराईका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घरआँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेका छन् ।
झोलुङ्गे पुलबाट आवतजावत खुला
धनुषा र सिराहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्नपछि पूजापाठ गरेर शनिबारबाट मानिसका लागि आवतजावत खुला गरिएको छ ।
दुर्घटनामा परी अस्मिताको मृत्यु
सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
उखु किसानलाई हप्ता दिनमै भुक्तानी
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । प्रायः बेलैमा भुक्तानी दिएर अरू चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो ।
जडिबुटी उत्पादन गरेर रोजगारी सिर्जना गरिने
संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनक्षेत्रमा जडिबुटीको खेती गरेर किसानलाई सम्पन्न बनाउने र रोजगारी सिर्जना गर्ने कार्य अघि बढाएको बताउनुभएको छ।
धनुषालाई सभामुख क्रिकेट कप उपाधि
जनकपुरधामको रामजानकी खेल मैदानमा शनिबार फाइनल खेलमा धनुषाले सिरहालाई पाँच विकेटले हराँउदै उपाधि जितेको हो ।
पर्यटन प्रवर्धन गर्न पदयात्रा
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जिल्लाका प्रमुखसहित शनिबार लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नारायण डाँडादेखि कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गरिएको छ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राख्नुभयो ।
‘करेन्ट’ लगाइ माछा मार्दा जलचर सङ्कटमा
रौतहट र सर्लाहीको सीमा भई बग्ने बागमती नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर सङ्कटमा परेको छ ।
कमला नदीमा निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत खुला
धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।
छ महिनामा पाँच करोड बढी राजस्व संकलन
नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा पाँच करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व संकलन गरेको हो ।
राजविराज–रुपनी सडक चार लेनको बनाउन सुरु
सप्तरीको राजविराजदेखि रुपनीसम्मको सडक ‘चार लेन’ मा स्तरोन्नतिको कार्य भइरहेको छ । सो कार्यका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य समेत सुरु गरिएको छ ।
बक्यौता उठाउन सडक बत्ती काट्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले स्थानीय तहका सडक बत्ती धमाधम काट्न थालेको छ ।
प्रजातान्त्रिक आन्दोलनका सहिदको प्रतिमाले सम्सीको ओज बढ्यो
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन् । पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन् ।
बासस्थानको अभावमा हराउँदै सुगा र मैना
धनुषा लगायत तराइका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घर आँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेको छ।
जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।