• २१ वैशाख २०८१, शुक्रबार

दुर्घटनामा परी अस्मिताको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, माघ २१ गते । सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार  मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो । भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते हुनुभएको थियो । 

उहाँलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते हुनुभएको छ । 

चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भरत तालमा घुमफिरका लागि आएका उनीहरू दुर्घटनामा परेका हुन् । 

प्रहरीले अस्मिता र मुन्नासँगै घुमफिरका लागि आएका मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि नियन्त्रणमा लिएको छ ।