चार बुँदै सहमतिपछि मधेश कृषि विश्वविद्यालयको ताला खुल्यो
सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय १८ दिनपछि खुलेको छ । सर्वदलीय बैठकबाट ४ बुँदै सहमतिमा ताला खोलिएको हो ।
जनकपुरमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरमा स्कुल बसको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गृहमन्त्रीद्वारा मधेशका सुरक्षा प्रमुखलाई निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र आवश्यक निर्देशन समेत दिनुभएको छ।
सिँचाइ आयोजना अलपत्र
ठेक्का लागेको २२ महिना बितिसक्दा पनि सर्लाहीको मदनपुर–गुलेरिया सिँचाइ आयोजनाको काम अगाडि बढ्न सकेको छैन । कविलासी नगरपालिकास्थित ढङ्ग्रा खोलाबाट बाँध कसेर किसानको खेतमा पानी पु¥याउने उद्देश्यले २०७८ साल चैत २१ गते ठेक्का लागेको यस आयोजनाको काम अहिलेसम्म अगाडि बढ्न नसकेको हो । मुआब्जाको विवादका कारण सम्झौता अवधि सकिन दुई महिना बाँकी रहँदा आयोजनाको काम भने कत्ति पनि हुन नसकेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
सर्लाहीमै राख्न थालियो कैदीबन्दी
सर्लाहीका कैदीबन्दी र थुनुवालाई सदरमुकाम मलङ्गवास्थित कारागारमा नै राख्न थालिएको छ । माघ ७ गते उद्घाटन भएको कारागारमा अहिले दुई महिलासहित ६० जनालाई राखिएको निमित्त जेलर मनोजकुमार मिश्रले जानकारी दिनुभयो । ६० जनामध्ये अदालतबाट मुद्दाको अन्तिम फैसला आउन बाँकी भई पुर्पक्षमा रहेको २७ जना थुनुवा र सजाय निर्धारण भइसकेका ३३ जना कैदीबन्दी रहेका कारागार कार्यालय मलङ्गवाले जनाएको छ । कार्यालय उद्घाटन हुनुअघि
महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न पहल
महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि पहल सुरु गरिएको छ । जिल्लामा रहेको १५ स्थानीय तहहरूमध्ये बलवा नगरपालिका र सम्सी गाउँपालिका मात्रै पूर्ण खोप पालिका घोषणा हुन बाँकी छ ।
वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
पचास हजार नक्कली नोटसहित एक पक्राउ
जितपुर सिमरा उप–महानगरपालिकाबाट पचास हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
नगदे बाली फेर्दै किसान
चार दशकअघि पुस/माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर शाहीले बिर्सनुभएको छैन ।
खडेरीका लागि परालको जोहो
सुक्खापन बढेपछि सर्लाहीका किसान घाँसका रूपमा परालको जोहोमा लागेका छन् । यहाँको धान खेती बढी हुने वसन्तपुर, हरिपूर्वा, कालिन्जोर, जब्दी, हरिपुर क्षेत्रमा परालका कुन्यूँ (थाक) बनाएर राखिएको छ ।
मध्यान्ह दैनिकका पत्रकार तिवारीमाथि कुटपिट
समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मङ्गलबार आन्दोलनरत किसानको रिपोर्टिङ् गर्न पुग्नुभएका मध्यान्ह दैनिकका समाचारदाता कृष्ण तिवारीमाथि आक्रमण भएको हो ।
लहानका किसान रतन साहले फलाए रङ्गीन काउली
सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।
तीन सय बढी विद्यार्थीलाई पोसाक वितरण
मटिहानी नगरपालिकाको वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्।
मिथिला बिहारी नगरपालिकामा कर्मचारी अभाव
धनुषाको मिथिला बिहारी नगरपालिकाले बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले खरिद गरेको एम्बुलेन्स प्रयोगविहिन बनेको छ ।
चुरेमा कुवाकै पानीको भर
सर्लाहीको चुरेभेगका स्थानीय अझै कुवाको पानीमा निर्भर रहेका छन् । यहाँको चुरे पाखाका विकट बस्तीमा बसोबास गर्ने स्थानीयलाई खानेपानीका लागि कुवाबाहेक अन्य विकल्प छैन । स्थानीयले खोला किनार तथा पाखापखेरामा रसाएको पानी पिउँदै आएका छन् ।
ठगी आरोपमा लहानका प्रधानाध्यापक कर्ण पक्राउ
व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही दुर्घटना अपडेट: एक जनाको मृत्यु, १० घाइते उपचाररत
सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
सर्लाहीमा दुर्घटना: भारतीय गाडीमा सवार नापी अधिकृतसहित ११ जना घाइते
सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।
सामाजिक सुरक्षा कोषसँग मधेश प्रदेशका सतचालिस पालिकाको समझदारी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन मधेश प्रदेश ४७ पालिकाका प्रमुख र कोषबिच एकै पटक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गत महोत्तरी, धनुषा र सर्लाही जिल्लाका ती पालिकाले सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषका योजनामा आबद्धता गराउने विषयमा कोषसँग एकै पटक सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
छ महिनामै सडक दुर्घटनामा धेरै मानवीय क्षति
सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०/८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रेल्वे स्टेसनमा सशस्त्र सुरक्षा बेस
नेपाल रेल्वे कम्पनीको पिपराडी स्टेसनमा सशस्त्र प्रहरीले सुरक्षा बेस स्थापना गरेको छ । रेल्वेको जनकपुर विजलपुर खण्डस्थित पिपराढी स्टेसन परिसरमा सशस्त्रले रेल्वे सुरक्षा बेस स्थापना गरेको हो ।
सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्छ : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
शैक्षिक सुधारको माग गर्दै शिक्षक धर्नामा
शैक्षिक सुधारको माग गर्दै धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वामा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालयका शिक्षक धर्नामा बसेका छन् ।