हरिप्रसाद कोइराला
उर्लाबारी, असार ८ गते । उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । आइतबार बिहान पानीसहित लामो समयसम्म चट्याङ परेको थियो ।
बिहान २ बजेतिर कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ की महिला वडा सदस्य पूर्णमाया राईले बताउनु भयो । वडा सदस्य राईका अनुसार घ नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशुमध्ये हलगोरू मात्र मरेका हुन् ।
दलबहादुर लिम्बूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हलगोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको छ । कुम्ले लेटाङको पहाडी गाउँ हो ।