वसन्त पराजुली
नारायणगढ, जेठ ७ गते। सात जनाको ज्यान गएको चितवनको राप्ती नगर पालिका डडुवामा शनिबार बिहान भएको इभी गाडी र बस दुर्घटनामा चालकको लापरबाही देखिएको छ।
इभी चालकको लापरबाहीका कारण सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो। ट्राफिक प्रहरी कार्यालय चितवनका हवल्दार घनश्याम चौधरीका अनुसार घटनास्थलको प्रारम्भिक अध्ययनमा चालकको लापरबाहीले दुर्घटना भएको देखिन्छ।
विपरितत साइडबाट आइ रहेको गाडी द्रुत गतिमा ओभरट्याग गर्न खोज्न बसका चालकले आफ्नो बसलाई नियन्त्रण गर्नुपर्नेमा यो गाडी पनि द्रुत हुनु समस्या भएको उहाँले बताउनुभयो।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख. ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज. २९९ नम्बरको इभी गाडी एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो। दुर्घटनामा ७ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।
घाइतेहरूको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ।