• ७ असार २०८२, शनिबार

‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

blog

‘युद्ध, युद्ध नै हुन्छ’ पुस्तक विमोचन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत अतिथि ।

कठमाडौँ, असार ७ गते। कवि युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ। नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष अधिकारीको कविता कृति गैरीधारा स्थित एलिस रिसेप्सनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। 

कार्यक्रममा कवि अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा जानकारी गराउनुहुँदै दुई वटा कविता वाचन गर्नुभयो। कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी र साहित्यकार राजेन्द्र शलभले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पाइलट विजय लामा र अभिनेता निखिल उप्रेतीले कविता वाचन गर्नुभयो। कार्यक्रममा सांसद डा. अमरेशकुमार सिंहसहितका पूर्वमन्त्री र सांसदको उपस्थिति थियो । 

कार्यक्रमको समापनमा लोकार्पित कविता कृतिको ‘‘आमा’ कविता रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा मन्चन भयो। एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण दिनेश डिसीले गर्नुभएको थियो।