पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा
पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
२० लाख बालबालिकालाई दादुरा-रुवेलाविरुद्ध खोप
मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाही आउँदै हुनुहुन्छ । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लाग्नुभएको हो । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।
कार्यसम्पादनमा हरिपूर्वा कमजोर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम अङ्क प्राप्त गरेको छ ।
यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नुपर्छ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नु पर्ने बताउनु भएको छ ।
दशगजा नजिक युवक मृत फेला
सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल–भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला पर्नुभएको हो ।
ढल्केबरमा आकस्मिक उपचार सेवाको तयारी
धनुषाको मिथिला नगरपालिकाले चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्न लागेको हो । नगर प्रमुख महेन्द्र महतोले फागुन २० गतेभित्र ढल्केबरमा आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।
प्रथम लालबन्दी महोत्सव सुरु
“कृषि, पर्यटन र व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।
ट्रक र पिक अप ठोक्किँदा दुईको मृत्यु, चार जना घाइते
ट्रक र पिक अप एक आपसमा ठोक्किँदा दुईको मृत्यु हुनुको साथै चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला नुवाकोट विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० बर्से सुजन मगराती र भारतको बिहार राज्य मोतहारी जिल्ला मधुवन थाना कुन्दनपुर गाउँ बस्ने २८ बर्से चन्दन चौहानको मृत्यु भएको हो ।
ट्याक्टर पल्टिँदा दुईको मृत्यु, ६ जना घाइते
सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हरिपूर्वामा शिक्षक, कर्मचारी धर्नामा
फागुन ७ गते नगर सभा गरेर बजेट पारित गरेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा शिक्षक र कर्मचारीले धर्ना जारी राखेका छन् ।
डकैतीको घटनाले स्थानीय त्रसित
सर्लाहीको लालबन्दी बजारमा सोमबार राति भएको डकैतीको घटनापछि स्थानीय बासिन्दा र व्यवसायीले सुरक्षा चिन्ता व्यक्त गरेका छन् ।
राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।
वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
जिल्लाको शान्ति सुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ ।
फोहोरले पुरिँदै पवित्र पोखरी
प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पवित्र पोखरीहरू यतिबेला संरक्षणको पर्खाइमा छन् । जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने यहाँका पोखरी फोहोरको थुप्रोले पुरिन थालेका छन् । यहाँको परम्परा अनुसार मानिस जन्मँदा पोखरीमा गएर स्नान गरेपछि शुद्ध हुने, विवाहमा गरिने मटकोर विधिका लागि पनि पोखरीबाट माटो झिकिन्छ र मानिस मरेपछि पनि मलामीले पोखरीमै स्नान गर्ने गरिन्छ तर ती पोखरीको अवस्था भने दिनानुदिन दयनीय बन्दै गएको छ । नगरको फोहोरले पोखरी पुरिने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको आँखा पुग्न सकेको छैन ।
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई दृष्टिगत गर्दै मङ्गलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।
बर्दीबासमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल
बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।
सहमतिपछि सरस्वती माताको मुर्ति विर्सजन
रौतहटको ईशनाथ नगरपालिका ५ स्थित गत दुई दिनदेखि बाटोमै राखिएकाे सरस्वती माताको मुर्ति विसर्जन गरिएको छ ।
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
सीतापुष्प वाटिका मणिमण्डपको काम अधुरै
सम्झौता अवधि सकिएको तीन वर्ष बित्दा पनि मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको सीतापुष्प वाटिका अन्तर्गतका कार्य सम्पन्न हुन सकेको छैन ।
सडक खाना महोत्सवमा स्थानीयको चाप
बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।
तराई मधेशका महिला फुर्सदमा गोरहनी बनाउँदै
सप्तरी लगायत तराई मधेशका महिला अहिले गोबरको गोरहनी बनाउन व्यस्त छन् ।