• १२ साउन २०८१, शनिबार

दशगजा नजिक युवक मृत फेला

blog

जनार्जन खत्री

सर्लाही, फागुन ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल–भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला पर्नुभएको हो ।

साफीको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडिरहेकाले धेरै मात्रामा लागु औषध सेवन गर्दा उहाँको मृत्यु भएको आशङ्का गरिएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सदरमुकाम मलङ्गवामा केही समयअघि गोरखकाली प्रहरी चौकी नजिक र माध्यमिक विद्यालयको प्राङ्गणमा दुई जना युवक अत्यधिक लागू औषध सेवनका कारण मृत अवस्थामा फेला परेका थिए । 

सीमापारि भारतीय बजारमा खुलेआम बिक्री हुने लागु औषधका कारण सीमावारी सर्लाहीतर्फ व्यापक असर पर्दै गइरहेको छ ।