मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मकरसङ्क्रान्ति मेलामा अर्ब बराबरको कारोबार
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकरसङ्क्रान्ति मेला आइतबार सम्पन्न भएको छ । मेलामा करिब ३० लाखले अवलोकन गरेको आयोजकले जनाएको छ ।
बर्दिबासमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता
बर्दिबासमा सोमबारदेखि प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
रौतहटकाे ईशनाथमा कर्फ्यु जारी
स्थानीय प्रसाशनले दुई पक्षबिचको झडप नियन्त्रण गर्न लगाएको कर्फ्यु आइतबार पनि जारी राखेको छ ।
मुख्यमन्त्री यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिन निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रमा जनतालाई सहजरुपमा गुणस्तरीय सेवा दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिनु भएको छ ।
समसीमा दुई पक्षबिच झडप, प्रहरीद्वारा चार राउण्ड हवाई फायर
सीमावर्ती गाउँपालिका समसी–२ स्थित पर्सा गाउँमा हवाई फायर भएको छ । शनिबार अपराह्न सो गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको हो ।
मधेशको पहिलो सरकारी क्याथ ल्याबको उद्घाटन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्त रूपमा क्याथ ल्याबको उद्घाटन गर्नुभएको छ।
जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा
मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नुभएको छ ।
२४ हजार चालक लाइसेन्सको प्रतीक्षामा
लिखित र ट्रायल परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि लाइसेन्स नपाउँदा सवारी चालक हैरान छन् । बर्दिबासमा लाइसेन्स पास गर्नेको सङ्ख्या २४ हजार नाघी सकेको छ ।
ट्याक्टरले च्यापिएर चालकको मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।
दश बुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो
‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौँ-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ ।
हिउँदे बालीलाई सिँचाइ अभाव
सर्लाहीका किसानलाई सिँचाइको समस्या बढ्न थालेको छ । आकाशे वर्षा नभएर खोला, खोल्सीमा पानी कम हुँदै गएसँगै गहुँ, मकै, लसुन, प्याजसहित अन्य हिउँदे बाली र तरकारी खेतीलाई सिँचाइको समस्या हुन थालेको हो ।
मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुहुँदै
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो ।
बर्दिबासमा सडक भोजन महोत्सव
सडक, भोजन र पर्यटनबिचको अन्योन्याश्रित सम्बन्धलाई एकाकार गर्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले वीपी राजमार्गको प्रवेश विन्दु बर्दिबासमा सडक खाना महोत्सव आयोजना गर्ने भएको छ ।
‘पाँच वटा सम्झनलायक काम गरेका छौँ’
धनुषा जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र छ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाको पूर्वदक्षिण अवस्थित धनौजी गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । साबिक झोझी कटैया, बहुअर्वा, ल
३२ क्युफिट सालको गोलिया बरामद
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ झोङ्गर गाउँको पैनी किनारबाट लुकाइछिपाई राखिएको करिब ३२ क्युफिट सालको गोलिया बरामद भएको छ।
बलात्कार आरोपमा नितेश पक्राउ
प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा–९ मा पढ्ने छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका–२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’
न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् ।
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास
धनुषाको ढल्केबरमा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ ।
गोरु काटेको आरोपमा तीन जना पक्राउ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ८ बाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
शिव र शक्ति भवनको उद्घाटन
विद्याकी देवी सरस्वती पूजाको आराधनासँगै बटेश्वर गाउँपालिकास्थित शिव शक्ति माध्यमिक विद्यालयले छ कोठे र चार कोठे भवनको उद्घाटन गरेको छ ।