• ५ माघ २०८१, शनिबार

३२ क्युफिट सालको गोलिया बरामद

blog

बिन्दबासीनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिले विशेष सुराकीको आधारमा खटाएको संयुक्त टोलीले बरामद गरेको काठ।

दिपकप्रसाद गौतम 

वीरगञ्ज, फागुन ३ गते। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ झोङ्गर गाउँको पैनी किनारबाट लुकाइछिपाई राखिएको करिब ३२ क्युफिट सालको गोलिया बरामद भएको छ। 

बिन्दबासीनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिले विशेष सुराकीको आधारमा खटाएको संयुक्त टोलीले करिब ३२ क्युफिट रहेका तीन थान सालको गोलिया परालले लुकाएर राखिएको अवस्थामा बरामद गरेको हो।

बिन्दबासीनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान आलमको नेतृत्वमा सबडिभिजन वन कार्यालय बडनिहारको वन सुरक्षा गस्ती टोली, इलाका प्रहरी कार्यालय एकटाङ्गा र मनवा प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले उक्त तीन थान सालको गोलिया बरामद गरेको हो। 

बरामद भएको काठ आवश्यक थप कारबाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको बिन्दबासीनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष आलमले जानकारी दिनुभयो।

काठ तस्करको खोजी कार्य भइरहेको सब डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्ज्वल यादवले बताउनुभयो।