• ६ माघ २०८१, आइतबार

चार बुँदै सहमतिपछि मधेश कृषि विश्वविद्यालयको ताला खुल्यो

blog

देवरामप्रसाद यादव

सप्तरी, माघ २५ गते । सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय १८ दिनपछि खुलेको छ । सर्वदलीय बैठकबाट ४ बुँदै सहमतिमा ताला खोलिएको हो । 

जिल्ला समन्वय समिति राजविराजमा सर्वपक्षीय बसेको बैठकबाट तालाबन्दी खोल्ने ४ बुँदै सहमति पश्चात् जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले विश्वविद्यालयको ताला खोलेका हुन् । 

नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको ७ बुँदे मागका विषयमा एक महिनाभित्र सर्वपक्षीय रूपमा अध्ययन गरेर अगाडी बढ्ने, अगामी दिनमा सबै दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने, विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको दुखद घटना आगामी दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएपछि ताला खोलिएको जानकारी दिनुभयो । 

सो सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली कांग्रेसका सभापति रामदेव साह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डल, नेकपा एमालेका सचिव देवनाथ यादव, नेकपा एकीकृतका अध्यक्ष प्रताप नारायण चौधरी, जसपा अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल कुमार झा, जनमतका जिल्ला इन्चार्ज रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अरुण कुमार देव, राप्रपाका सहसचिव सुरेश कुमार साह, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको सहभागिता थियो ।