शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, वैशाख ३१ गते । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गाईघाटबाट काठमाडौँतर्फ गइरहेको बा. प्र. ०१–००६ ख ९६७० नम्बरको रात्रिबसले ठक्कर दिँदा नाम, थर, बतन खुल्न नसकेका पैदलयात्रीको मृत्यु भएको हो । अन्दाजी ४० वर्षका ति पुरुष मागी खाइ हिँड्ने गरेको स्थानीयले बताएका छन् ।
राति ११ः३० बजेतिर बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएका पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । दुर्घटनामा परेको बस र बसका चालक इलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा राखिएको छ ।