• ११ मंसिर २०८१, मङ्गलबार

फरार अभियुक्त पक्राउ

blog

पक्राउ परेका ठाकुर । तस्बिर : नेपाल प्रहरी

देवरामप्रसाद यादव

सप्तरी, माघ २१ गते । सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।

ठाकुरलाई जिल्ला अदालत सप्तरीको मुद्दा नं. २१२ लगत नं. २७४८ मिति २०७५ ज्येष्ठ ३० गते फैसला कार्यान्वयन अन्तर्गत अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताउनुभयो । 

उहाँले ठाकुर आफ्नो गाउँघरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको बताउनुभयो  ।