• १३ साउन २०८१, आइतबार

चिसोले रौतहटकाे जनजीवन कष्टकर

blog

गौर नगरपालिकाले दाउराको व्यवस्था मिलाएपछि सडक छेउमा आगो ताप्दै सर्वसाधारण । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, माघ ३ गते । बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ । गत दुई साताअघि देखि बिहान बेलुका दिनहुँ लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण खासगरी बालबालिका र वृद्ध बढी प्रभावित भएका हुन् ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने कारणले जिल्लाको सरकारी तथा निजी विद्यालयहरू बन्द गरिएको छ । चिसोले गर्दा गौर नगरपालिकाको आदेशअनुसार विद्यालय बन्द गरिएको मुनाली चाइल्ड एकेडेमी गौरका दीपक श्रेष्ठले बताउनुभयो ।

चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको समेत कमी रहेको तथा अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेपछि बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीको चाप कम रहेको मालपोत तथा भूमिसुधार कार्यालय रौतहटका प्रमुख उदय देवकोटाले बताउनुभयो ।
यसैगरी शीतलहरले प्रभावित उपचारका लागि आउने बिरामीहरूको सङ्ख्या बढ्दै गएको चापले स्वास्थ्य संस्थामा भिड बढेको हो । जाडोले ग्रसित बालबालिकादेखि लिएर वृद्ध बिरामीहरूको अहिले निकै भिड बढेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । खासगरी बालबालिकाहरूमा निमोनिया, कोल्ड डायरिया तथा युवा वृद्धाहरूमा दम खोकी लगायत ज्वरोकोका बिरामीहरूमा पहिलेको अपेक्षा बढेको प्रादेशिक अस्पताल गौरका इमर्जेन्सी फाँटका प्रमुख चिकित्सक राजेश सिंहले बताउनुभयो ।

चिसो छल्न बिना काम घर बाहिर ननिस्कन, उनी कपडा, कम्बल तथा आगो ताप्न सर्वसाधारणलाई आग्रह गर्नुहुँदै चिकित्सक सिंहले तातो पानीको सेवनसँगै पोषिलो तथा ताजा खान खान सल्लाह दिनुभयो । यसैगरी दिनानुदिन बढ्दै गएको जाडोबाट सर्वसाधारणलाई जोगाउन बजारिया क्षेत्र तथा नगरक्षेत्रभित्र आगो ताप्न दाउराको व्यवस्था मिलाउन १८ वटै पालिकासँग नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरीले माग गर्नुभयो ।