• १३ साउन २०८१, आइतबार

छैठौँ बलिदानी दिवस

चुरे संरक्षण नभए मधेश मरुभूमि हुन्छ : अध्यक्ष यादव

blog

बलिदानी दिवस समारोहका सभागीहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ ५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरे संरक्षण नभए मधेश मरुभूमि हुने निश्चित रहेको बताउनुभयो । 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेशी शहीद प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको छैठौँ बलिदानी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले चुरे उत्खनन गर्ने गराउने व्यक्तिको निजी स्वार्थ पूरा होला तर, यसबाट सिङ्गो मधेश नै संकटको भूमरीमा फस्दै गएकोले चुरियाको उत्खनन हुन नदिन सङ्घर्ष गरिने बताउनुभयो । सडक, सदनबाट चुरिया जोगाउन सङ्घर्ष जारी राखिने उहाँले भन्नुभयो, चुरे बचाउन जस्तोसुकै सङ्घर्ष गर्छौँ ।

मधेशको जनसंख्याको आधारमा समानुपातिक ढङ्गले बजेट विनियोजन गरेमा मात्र मधेशको विकास उहाँले भन्नुभयो, ‘‘जनसङ्ख्या बढी मधेशमा छन तर, बजेट बढी अन्यत्र विनियोजन गरिन्छ ।’’ 

गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समिमको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान मुख्यमन्त्री लालवावु राउत, संघीय सांसद प्रदीप यादव लगायतले शहीदहरुको सपना साकार पार्न धेरै काम गर्नुपर्ने बताउनुभयो ।