• २३ असार २०८१, आइतबार

मधेश कृषि विश्वविद्यालयमा जनमतको ताला

blog

मधेश कृषि विश्वविद्यालयको कार्यालय सप्तरी । तस्बिर : ललिता साह

ललिता साह 

बोदेवर्साइन (सप्तरी), माघ ७ गते । मधेश कृषि विश्वविद्यालयमा आइतबार जनमत पार्टीले ताला लगाएकाे छ । मधेश कृषि विश्वविद्यालयमा आफ्नो योगदान रहेको र योगदान गर्दागर्दै कुनै पनि संस्थाले हाम्रो मान मर्दन हुने गरी काम गर्ने पक्षलाई मनोबल घटाउने काम हामीलाई सह्य नहुने प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त राउतले शनिबार सप्तरीमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग बताउनुभएको हो ।

यस विषयमा मधेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवलाई उद्धृत गर्नुहुँदै विश्वविद्यालयका रजिस्ट्रार श्री भगवान् ठाकुर भन्नुहुन्छ, "आइतबार बिहान उपकुलपति र मलाई शिक्षामन्त्री यादवले राजविराजस्थित आफ्नै निवासमा बोलाएर कार्यक्रम स्थगनको दबाब दिनुभयो । त्यसको एक घण्टा नबित्दै विश्वविद्यालयमा जनमतका कार्यकर्ताहरूले हामीलाई गलहत्त्यार निकालेर विश्वविद्यालयमा तालाबन्दी गरेकाे हाे ।" यद्यपि मधेश प्रदेशका शिक्षामन्त्री यादवलाई फोन गरेर प्रतिक्रिया लिन खोज्दा यस विषयमा मलाई औपचारिक जानकारी नरहेको उहाँले बताउनुभयो ।

यसअघि नै विश्वविद्यालयको भवन शिलान्यास गर्नको लागि आफ्नो नेता बाहेक अरुलाई बोलाए कार्यक्रम बिथोल्ने र उपकुलपतिलाई कालोमोसो दल्ने जनमत पार्टीले चेतावनी दिनुभएको छ ।

सप्तरीस्थित रहेको मधेश कृषि विश्वविद्यालयमा पठनपाठनको दोस्रो सत्र सुरु भइरहँदा आफ्नो शैक्षिक र प्रशासनिक भवन छैन । उक्त कार्यको लागि सम्पूर्ण प्रक्रिया पुरा भएर ठेक्का सम्झौता भइसकेको छ । त्यही अनुरूप आउने माघ ८ गतेको लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत मधेश प्रदेशका मुख्यमन्त्री समेतलाई बोलाएर भवन शिलान्यास गराउने विश्वविद्यालय प्रशासनको योजना छ । त्यही विषयलाई लिएर जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज सहितका ३५-४० जनाको टोली मंगलबार विश्वविद्यालयको प्रशासनिक कार्यालय पुगेर उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रारलाई श्री भगवान् ठाकुरलाई लखेट्ने धम्की दिएका हुन् ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएको डाक्टर राउतलाई नै बोलाउनुपर्छ भने जबरजस्ती हुलहुज्जत गर्नुहुँदै उहाँहरू विश्वविद्यालयको प्रशासनिक भवनमा छिरेर उपकुलपति, रजिस्ट्रार लगायतको कर्मचारीलाई धाकधम्की दिँदै दुर्व्यवहार गरेका हुन् । 

जनमत पार्टीका जिल्ला इन्चार्ज समेत रहनुभएका रामगमन साह, उपराष्ट्रपतिका उम्मेदवार तथा पार्टीका नेत्री ममता झालले उहाँहरूलाई थर्काउँदै भन्नुभयो, "तपाईँहरू अन्य जिल्लाबाट आएर सप्तरीमा राजनीति गर्न लाग्नुभएको छ । यो कार्यक्रम तत्काल क्यान्सिल गरेर हाम्रो नेता सीके राउतलाई बोलाउनुस् । अन्यथा तपाईँहरूलाई कालोमसो दलेर यो जिल्लाबाट लखेटछौ ।"

विश्वविद्यालयका रजिस्ट्रार श्री भगवान् ठाकुरले बताउनुभएको छ । सरकारबाट हटाउने डरले बौखलाएर विश्वविद्यालयको कार्यक्रम भाँड्ने जनमत पार्टीको पछिल्लो मनसाय देखिन्छ । हामीले माघ ८ गते तय गरिएको विश्वविद्यालयको शिलान्यासको कार्यक्रम भाँड्न जनमत पार्टीले सम्पूर्ण शक्ति लगाइदिएको छ । उहाँले भन्नुभयो, "कृषि विश्वविद्यालयले विगतमा नेता उपेन्द्र यादवको हातबाट कार्यालय उद्घाटन गराएर विगतमा गल्ती गर्नुभएको हो । आउने दिनमा अब गल्तीहरू नदोह्याउन सबै पार्टीका नेतालाई विश्वविद्यालयले सम्मान दिनुपर्छ अन्यथा नराम्रो हुने विद्यालय प्रशासन र उपकुलपतिलाई राजनीति नगर्न चेतावनी दिएको जनमत पार्टी सप्तरीका जिल्ला इन्चार्ज रामगमन साहले स्विकार्नुभयो ।"

बिना कुनै जानकारी यसरी ३५-४० जनाको समूहमा जिल्ला इन्चार्ज शाह र नेत्री झाको नेतृत्वमा विद्यालयको प्रशासनिक भवनमा एकाएक छिरेर उग्र शैलीमा दुर्व्यवहारपूर्ण भाषाले कुरा गरिरहँदा मैले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गर्दा तत्कालै एसपी साबले १०-१५ जना प्रहरी पठाइदिएर हामी थप दुर्व्यवहार हुनबाट जोगिएको रजिस्ट्रार ठाकुरले सुनाउनुभयो ।