• ५ जेठ २०८१, शनिबार

सिद्धार्थ शिशुलाई टी–२० क्रिकेट उपाधि

blog

धर्बेन्द्र झा  

धनुषा, पुस ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनले जितेको छ । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन धनुषाको आयोजनामा जनकपुरधाम स्थित रामजानकी खेल मैदानमा शनिबार सिद्धार्थ शिशु सदन र मिट स्कुल बिच भएको फाइनल खेलमा एक रनको अन्तरले सिद्धार्थ शिशु सदनले जित हात पार्न सफल भएको हो । टस जितेर पहिलो व्याटिङ्ग गरेको सिद्धार्थ शिशु सदनले १९.४ बल खेल्दै सबै विकेटको क्षतिमा १२७ बनाएको थियो । 

सिद्धार्थ शिशु सदनको तर्फ वाट केशव साहले ५१ बलमा सर्वाधिक ३६ रनको योगदान गरेका थिए । १२८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेका मिट स्कुलले तिन विकेटको क्षतिमा पुरा ओभर खेल्दै १२६ रन बनाउन सफल भएको थियो । 

प्रतियोगितामा वेस्ट बलरको उपाधि मदरटरेशा विद्यालयका किशन साहलाई, वेस्ट ब्याट्सम्यानको उपाधि एरे इन्टरनेशनलका सोहैल राइन, प्रतियोगितामा ११४ रन बनाएका प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ शिशु सदनका मुकेश यादव र उदयमा खेलाडीको उपाधि एरे इन्टरनेशनलका युवराज साहलाई प्रदान गरियो । 

उपाधि प्राप्त गर्ने टिम र खेलाडीलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले शिल्ड तथा मेडल प्रदान गर्नुभएको थियो ।