सञ्जयकुमार मिश्र
गौर, पुस ८ गते । जाडो बढेसँगै रौतहटको ग्रामीण क्षेत्रमा चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग बढेको छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको प्रयोग गर्दै आएका छन् । दिनप्रतिदिन दाउराको अभाव तथा पाए पनि चर्को मूल्यका कारण खरिद गर्न नसक्ने स्थानीयवासीले आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताउनुभयो । अर्की गृहिणी नगिना देवीले दाउराको अभावमा गाउँघरमा पाइने गुइँठाले चुलो बालेर आगो ताप्न, खाना बनाउन राम्रो लाग्ने गरेको र दाउराभन्दा कम खर्चिलो हुने बताउनुहुन्छ ।
गुइँठाको माग बढ्दै गएपछि महिलाहरू गुइँठा बनाउनमा ब्यस्त रहने गरेको शकुन्तला देवी बताउनुहुन्छ । पशुपालक कृषकले खेतमा मलका रूपमा गोबर छर्नुको साट्टो गुइँठा बनाएर बिव्रmी गर्नेतर्फ आकर्षण बढेको बताइएको छ ।
कुनै समयमा गोबर गुइँठाको प्रयोग घरैपिच्छे हुने गरेकोमा अहिले घर घरमा ग्याँसको प्रयोग हुन थाले पनि यसको उपयोगिता घटेको छ । तर जाडोयाममा आगो ताप्न गुइँठा प्रयोग गर्ने गरेको गुइँठा बिव्रmी वितरण गर्ने महिला रजपतिया देवीले बताउनुभयो ।