• ६ माघ २०८१, आइतबार

स्वागतमा जुट्यो ‘मिथिला सागर’

blog

ढल्केबर समाचारदाता

ढल्केबर, पुस १६ गते । अङ्ग्रजी नयाँ वर्ष २०२४ का अवसरमा धनुषाको ढल्केबरस्थित पर्यटकीय स्थल मिथिला सागर संरक्षण समिति पर्यटकको स्वागतमा जुटेको छ । नयाँ वर्षमा पर्यटकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यीकरण, सरसफाइ, खानेपानी, विद्युतीकरण गरेको छ भने सुरक्षा

व्यवस्थासमेत कडा बनाएको छ ।

अघिल्लो अङ्ग्रेजी नयाँ वर्षको तुलनामा यस वर्ष अधिक सङ्ख्यामा पर्यटक आउने अनुमान गरिएको समितिका अध्यक्ष नन्द सिलवालले बताउनुभयो । यस पर्यटकीय स्थलमा देशका विभिन्न स्थान र भारतबाट समेत पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आउने गरेको उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा टाढाका पर्यटक नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न तथा वनभोज गरेर रमाइलो गर्न आउने गरेका छन् । ढल्केबर चोकबाट तीन किलोमिटर उत्तरमा मिथिला सागर पर्दछ । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको सागर सात बिघा क्षेत्रमा फैलिएको छ । सागरको बिच भागमा उत्तेश्वर महादेवको मन्दिरले तालको महìव अझ बढाएको छ ।

पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यो सागर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सागर अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोजका लागि दैनिक पाँच सयदेखि हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् । त्यहाँ आकर्षक पर्यटकीय स्थल निर्माण गरिएको छ ।