धीरेन्द्रप्रसाद साह
राजविराज, पुस २३ गते । मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेशले लोपोन्मुख छ वटा विधामा अनुसन्धान गर्ने तयारी गरेको छ । आधुनिकताले लोपोन्मुख बनेका भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला विधामा अनुसन्धान तयारी गरिएको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी
‘भ्रमर’ ले मधेशका यी विधामा दुई किसिमले अनुसन्धानको तयारी गरिएको जानकारी दिनुभयो । उहाँले चार महिना अवधिका लघु अनुसन्धान र पूर्ण अनुसन्धानको तयारी गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “भाषा, साहित्यमा अनुसन्धान सुरु भइसकेको छ । आधुनिक गीत/सङ्गीतभन्दा लोप भइरहेको लोकगीत, लोकनाच, लोककथालाई पहिचान गरी संरक्षण गर्ने अभिप्रायले अनुसन्धानको तयारीमा लागेका छौँ ।” उहाँले खोजी भइसकेपछि त्यस्ता लोकगीत, नाचका लागि वृत्तिविकास गर्न आर्थिक सहयोग गरी संरक्षण गर्ने योजनासमेत रहेको बताउनुभयो ।
मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेश जनकपुरधामले मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ) सप्तरीको सहकार्यमा शनिबार राजविराजमा आयोजना गरेको आगामी कार्ययोजना अन्तरसंवाद कार्यव्रmमको उद्घाटन गर्दै अध्यक्ष कापडीले कार्यव्रmममा सहभागी छ विधाका जिज्ञासु, स्रष्टाबाट आएको सुझाव सल्लाह अनुसार भावी कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यव्रmममा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा धेरै भाषा, साहित्य, लोकगीत/ सङ्गीत, नाटक, नाच लोप भइरहेकाले संरक्षण गर्न प्रतिष्ठानको गठन भएको जानकारी दिनुभयो । समुदायको भाषा, संस्कृति, समाप्त भयो भने समुदाय नै समाप्त हुने धारणा राख्दै उहाँले भन्नुभयो, “सामूहिक प्रयास र लगनशीलताले लोपोन्मुख भाषा, संस्कृति संरक्षण सम्भव हुन्छ । त्यसैले मधेशमा बोलिने भाषाको संरक्षण संवर्धन र प्रवर्धनमा प्रतिष्ठान अगाडि बढेको बताउनुभयो । विगतमा मधेशको भाषा, साहित्य, कला, संस्कृति, गीत÷सङ्गीत र नाट्यकलालाई मास्ने प्रयास भएको उहाँले दाबी गर्नुभयो ।
मिलाफका अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित कार्यव्रmममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. सूर्यकुमार यादवले धेरै भाषा सङ्कटको अवस्थामा रहेको बताउनुभयो । मूलधारका भाषासहित लोपोन्मुख भाषा सङ्कट अवस्थामा रहेको उहाँले भन्नुभयो, “जुनसुकै भाषा भए पनि बोलचालमा छैन भने त्यो भाषा मर्छ । त्यसैले सबै भाषाको संरक्षण हुनु जरुरी छ ।” कार्यव्रmममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले विभिन्न विधामा लागेका व्यक्तिलाई प्रोत्साहन गरेर संरक्षण र संवर्धन गर्नुपर्ने बताउनुभयो ।
मौलिक गीत÷सङ्गीतमाथि अश्लील गीत÷सङ्गीत र डिजे बाजाले आव्रmमण भइरहेको आफ्नो मौलिक, संस्कृतिका गीत÷सङ्गीत, बाजागाजालाई कायम गर्न टोली बनाउने र गीत÷सङ्गीतको नाममा भित्रिएको विकृति विसङ्गतिलाई हटाउने योजना अगाडि बढाउन सहभागीले सुझाव दिए ।