• २१ वैशाख २०८१, शुक्रबार

मधेशमा पाँच जनाको उम्मेदवारी

blog

मनोयनपत्र दर्ता गराउनु भएका उम्मेदवार । तस्बिर : धीरेन्द्र प्रसाद साह

धीरेन्द्र प्रसाद साह  
जनकपुर, पुस २३ गते ।
 राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रादेशिक निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतका अनुसार नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गाना, जनमत पार्टीबाट रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनी  र जनता समाजवादी पार्टी (जसपा)बाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।