• १७ असार २०८१, सोमबार

चिसो बढेपछि विद्यालय बन्द

blog

जलेश्वर (महोत्तरी,)  पुस २५ गते ।  महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका  पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । 

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा, भङ्गहा, गौशाला, बर्दिबास नगरपालिकासहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि  विद्यालयमा पठनपाठन बन्द गरेकोे बताउनुभयो । उहाँका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् । रासस