• १७ असार २०८१, सोमबार

मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस २४ गते । महोत्तरीको औरही नगरपालिकामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

औरही नगरपालिकाको वडा नं. १ मा भएको मोटरसाइकल दुर्घटनामा परि भंगहा नगरपालिका वडा नं. ३ का ३२ वर्षीय धर्मेन्द्र महतो र रामगोपालपुर नगरपालिकाका ३० वर्षीय मुकेश चमारको मृत्यु भएको हो । भंगहाका श्रीराम गोसाई र बर्दिबास नगरपालिकाका प्रदीपकुमार यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले रामगोपालपुर तर्फ गइरहेको प्रदेश २–०२–००४प १८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज११प८०९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जनाइएको छ । दुर्घटनापछि घाइते भएका चारै जनालाई उपचारका लागि बर्दिबास लगिएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनास्थलको अवस्थाले दुवै मोटरसाइकल एक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको देखिएको जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले बताउनुभयो ।