• १२ मंसिर २०८१, बुधबार

नेपाल नेत्र ज्योति सङ्घ रौतहटको सभापतिमा सिंह निर्वाचित

blog

नेपाल नेत्र ज्योति संघ रौतहटका नवनिर्वाचित पदाधिकारीहरु । तस्विर : सञ्जय कुमार मिश्र, गौर

सञ्जय कुमार मिश्र 

गौर, चैत २९ गते । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्यसमिति रौतहटको सभापतिमा विजय कुमार सिंह निर्वाचित हुनुभएको छ । गौर आँखा अस्पताल पुरेनवामा सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट सिंह दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो । 

अधिवेशनमा सभापतिको लागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचनमा सिंह निर्वाचित भएको निर्वाचन अधिकृत तथा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले जानकारी दिनुभयो । 

सभापति पदको लागि दुई जनाको उम्मेदवारी परेकोमा ७० मत प्राप्त गरी सिंह निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गर्नुभएको थियो । उहाँको १ मत बदर भएको हो । 

सङ्घको जिल्ला कार्य समितिको सदस्यहरूमा बच्चा प्रसाद यादव, नवीन कुमार केसरी, शिव मङ्गल साह, रामेश्वर सिंह राजपूत, अयुद मियाँ कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव, नवल किशोर पण्डित, उमेश प्रसाद पटेल, सञ्जीव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्मला श्रेष्ठ उप्रेती लगायतका चयन हुनुभएको हो ।

नेपाल नेत्र ज्योति सङ्घ रौतहटको सभापति विजय कुमार सिंहको सभापतित्व तथा  गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । 

कार्यक्रममा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, सङ्घका पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गौर न पा ५ को वडाध्यक्ष शिव शङ्कर यादव, वडा नम्बर ८ को अध्यक्ष जनार्दन साह, रौतहट एफ एमको अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा, मोहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो ।