• ६ माघ २०८१, आइतबार

‘सञ्चार संस्थालाई व्यवस्थित गर्न जरुरी’

blog

जनकपुरधाम समाचारदाता 

जनकपुरधाम, पुस २८ गते । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पत्रकारहरू पत्रकारिता पेसाबाट नै पलायन हुने अवस्थालाई रोक्न प्रदेशभरिका सञ्चार संस्थालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

महावीर युवा कमिटीको ३३ औँ वार्षिकोत्सव समारोह तथा पत्रकार उमा सिंहको १५ औँ स्मृति दिवसका अवसरमा महिला पत्रकार सम्मान कार्यव्रmममा मन्त्री सिंहले सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारलाई प्रोत्साहन गर्दै पत्रकार तथा सञ्चार संस्थालाई व्यवस्थित गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री सिंहले सञ्चार क्षेत्रमा महिलाको सहभागिता न्यून हुँदै गएको अवस्थालाई प्रदेश सरकारले दृष्टिगत गर्दै प्रदेश सरकार मातहतका सञ्चार संस्थाले महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री सिंहले साहस र निडर पत्रकार उमा सिंहको हत्यारालाई कानुनी दायराभित्र ल्याई कडाभन्दा कडा कानुनी कारबाही गराउन सम्पूर्ण समाज एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकार र सञ्चार संस्थालाई प्रोत्साहन गर्ने कार्यव्रmम ल्याउने पनि सुनाउनुभयो । महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा सञ्चालित कार्यव्रmममा १२ जना महिला पत्रकारलाई सम्मान गरिएको थियो ।