• २१ असार २०८१, शुक्रबार

इनरुवामा माघी महोत्सव सुरु

blog

सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको माघी महोत्सवमा सहभागी। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, पुस २८ गते। सुनसरी सदरमुकाम इनरुवामा थारु कल्याणकारिणी सभा इनरुवाको आयोजनामा तिला संक्राइत तथा माघी महोत्सव सुरु भएको छ। सभाको आयोजानमा शनिबार तिला संक्राइत तथा माघी महोत्सव २०८० सुरु भएको हो। 

महोत्सवको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको छ। गच्छदारले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो। 

सभाका इनरुवा अध्यक्ष विनोद चौधरीले बताउनुभयो। थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकारसहित कृषि औजार र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो। 

महोत्सवको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य सीताराम मेहता, इनरुवाका प्रमुख केदार भण्डारी, उपमेयर विनीता मेहता, वडा अध्यक्ष अनिल पोखरेल लगायतले थारु संस्कृति तथा थारु अधिकार र पहिचानका बारेमा धारणा राख्नुभएको सभाका रोहित चौधरीले जानकारी दिनुभयो । थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित सुरु भएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीको पनि प्रस्तुति रहेको थियो।