बर्दीबास समाचारदाता
बर्दीबास, पुस २७ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । मिलले उखु खरिद गरेकोे सात दिनभित्रै भुक्तानी गर्ने नीति अनुसार नयाँ रेट प्रतिक्विन्टल ५६५ रुपियाँको दरले किसानको खातामा रकम जम्मा गर्न सुरु गरेको छ ।
मङ्सिर ४ देखि व्रmसिङ सुरु गरेको एभरेस्टले पुस २० सम्मको चार लाख ९४ हजार क्विन्टल उखुको २८ करोड ६५ लाख रुपियाँ भुक्तानी गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । एभरेस्टले बिदाको दिनबाहेक खरिद गरेको हरेक सात दिनभित्र उखुको भुक्तानी दिने नीति लिएको छ । अहिलेसम्म चार पटक गरी उखु कृषकको खातामा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो । “उखु किसानलाई माघेसङ्व्रmान्तिमा सहज होस् भनेर पाँचौँ पटकको भुक्तानीका लागि अन्तिम तयारीमा जुटेका छौँ,” शुक्लाले भन्नुभयो ।
विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय बिताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने नीति अवलम्बन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । “सरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निराश बनेका कृषकलाई समयमै भुक्तानी पाउँदा थोरै भए पनि राहत मिलेको छ,” उहाँले प्रतिव्रिmया दिनुभयो ।
चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रतिक्विन्टल ७० रुपियाँ अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ । सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँ मात्र थप गरी प्रतिक्विन्टल ५६५ रुपियाँ कायम गरेकाले किसान निराश बनेको कुशवाहाले बताउनुभयो । यो वृद्धिसँगै सरकारले दिने ७० रुपियाँसमेत जोड्दा उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए ।
एभरेस्टले व्रmसिङ सिजन (२०८०/८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु व्रmसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु व्रmसिङ गरी तीन हजार छ क्विन्टल चिनी उत्पादन गर्दै आएको महाप्रबन्धक शुक्लले बताउनुभयो । एभरेस्ट चिनी मिलका प्रमुख उखु महाप्रबन्धक (क्यान म्यानेजर) बिके यादवका अनुसार महोत्तरीका आठ हजार कृषकले यो वर्ष सात हजार बिघामा उखु खेती गरेका छन् ।