स्मृति मिश्र
धनुषा, माघ १ गते । भन्सार चोरी निकासी गरी ल्याइएका चार वटा गाडी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर नेपाल ल्याई नक्कली नम्बर प्लेट राखी चलाइएका चार वटा गाडी सहित जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले प्रदेश –२–०३–००१ च. ११४० नम्बरको क्रेटा , प्रदेश–२–०३–००१ च ०११० ब्रेजा , प्रदेश– २ – ०३ –००१च ५४८७ ब्रेजा, प्रदेश–२ –०३ –००१ च ३७३९ नम्बरको स्करपियो गाडी नक्कली नम्बर प्रयोग गरेर चलाएको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा महोत्तरी जलेश्वर नगरपालिका ३ का मलवारा बस्ने ५० वर्षीय मोख्तार अन्सारी, महोत्तरी लोहार पट्टी नगरपालिका ६ का ४० वर्षीय जमजम भन्ने अन्सारुल कवारी, लोहारट्टी ४ का ३७ वर्षीय अजिम राईन, लोहार पट्टी ६ का २८ वर्षीय मोबारक अली, महोत्तरी कै मनरासिसवा ६ का रोशनकुमार ठाकुर, धनुषा जनकपुर २३ बिन्दीका ३४ वर्षीय अविद नदाफ र धनुषा धाम ३ का २८ वर्षीय पंकज शर्मा रहेका छन् ।
उनीहरूलाई नक्कली सवारी धनी किताब बनाई बिक्री किर्ते तथा भन्सार बदर तर्फको कानुनी कारबाही अगाडी बढाइएको जनाएको छ ।