• २६ पुस २०८१, शुक्रबार

दुई सय किलो माछाका सुकुटी बरामद

blog

प्रहरीले बरामद गरेको भारतीय माछाका सुकुटी । तस्विरः गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, पुस १८ गते । भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी (सिद्रा) प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगे, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो । 

प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएपछि भारतीय माछाका सुकुटी तस्करी हुने गरेको रहस्य खुलेको हो । पूर्व पश्चिम लोकमार्गको बर्दिबास ५ स्थित माईस्थान चेक प्वाइन्टमा प्रहरी टोलीले सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको रेन्वो बसलाई तलासी लिँदा बसको छतमा रहेको जुट तथा प्लाटष्टिकको बोरामा माछाका सुकुटी फेला पारेपछि परेको प्रहरीले जनाएको छ । 

जलेश्वर भन्सार प्रमुख अमित पौडेलले महोत्तरीका नाकाबाट माछाका सुकुटी आयात प्रतिबन्धित वस्तु भएकोले यो तस्करी गरी भित्रिएको हुन सक्ने बताउनुभयो । ‘यस नाकाबाट सुकुटी आयात निषेधित भएकोले भन्सार प्रक्रिया गर्न मिल्दैन, यो प्रतिबन्धित हो’ उहाँले भन्नुभयो ।