• ६ माघ २०८१, आइतबार

चिकित्सकको हडतालले अस्पतालको सेवा प्रभावित

blog

सुनसान बनेको गौर प्रादेशिक अस्पताल। तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, माघ ९ गते। गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।

विगत तीन महिनादेखि तलब उपलब्ध नगराएको भन्दै चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेपछि बिरामी मारमा परेका हुन्। 

तलब भत्ताको माग गर्दै माघ ७ गतेदेखि चिकित्सकले सेवा बन्द गरेका हुन्। गौर प्रादेशिक अस्पताल राजनीतिक हस्तक्षेपका कारण विगत ६ महिनादेखि चिकित्सक र स्वास्थ्यकर्मी पीडित रहेको आन्दोलनरत चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि भत्ता र तीन महिनादेखि तलब पाउन नसकेको विज्ञप्तिमा भनिएको छ। आफ्ना  माग पुरा नहुँदासम्म अस्पतालको सबै सेवा बन्द हुने अस्पतालका चिकित्सक डा. गोपाल गुप्ताले जानकारी दिनुभयो।