• १३ साउन २०८१, आइतबार

ग्यास सिलिण्डर विष्फोट हुँदा घरमा क्षति

blog

ग्यास सिलिण्डर विष्फोट हुँदा क्षति भएको घर ।

जनार्जन खत्री

सर्लाही, माघ १२ गते । सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ । खाना पकाइरहेका बेला स्थानीय अख्तर हुसेनको घरमा ग्याँस सिलिण्डर विष्फोट भएर क्षति पुगेको हो । ग्यास सिलिण्डर विष्फोट हुँदा घरको छानो नै उडेको छ । 

प्रत्यक्षदर्शीले घरमा पुगेको क्षतिको अवस्था हेर्दा ठुलो दुर्घटना टरेको बताएका छन् । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर विष्फोटबाट घरसहित घरभित्रका सरसामग्रीमा क्षति पुग्दा करिब १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।