• १३ साउन २०८१, आइतबार

प्राणप्रतिष्ठाको खुसीयालीमा दीपोत्सव तयारी

blog

जनकपुरस्थित जानकी मन्दिरमा दीपोत्सव मनाउन गरिएको तयारी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ ८ गते । भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा आज (सोमबार) धनुषा भगवान् राममय भएको छ । आज रामको प्राण प्रतिष्ठा गरिएको छ । 

प्राण प्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष र हिन्दुवादी सङ्गठनले साँझ सवा लाख दीप बालेर दीपोत्सव मनाउने तयारी गरेको हो । 

हिन्दु धर्मावलम्बीले रौतहटलगायत बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र छिमेकीमुलुक भारतको विहार राज्यका विभिन्न ठाउँमा प्राण प्रतिष्ठाको अवसर पारेर मठ मन्दिर आकर्षक ढङ्गले सजाइएको छ । ठाउँ–ठाउँमा जय श्रीरामको झन्डा लगाइएका कारण गाउँटोल सुन्दर तथा मनमोहक भएको छ ।


मठ मन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तन समेत आयोजना भइरहेको छ । सोमबार बेलुकी घर–घरमा दीपावली गर्न विश्व हिन्दु परिषद् नेपालले आह्वान गरेको छ ।

भगवान् राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातन धर्मावलम्बी हर्षित भएका छन् । अयोध्या र नेपालबिच धार्मिक तथा सांस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले रामको प्राण प्रतिष्ठाको अवसरमा दीप प्रज्वलन गरी स्वागत गर्ने तयारी गरिएको छ ।