• १३ साउन २०८१, आइतबार

विपन्न मिटरब्याजी पीडितलाई सिरक वितरण

blog

जिल्लाभरिका विपन्न मिटर ब्याजी पीडितलाई सिरक हस्तान्तरण गर्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी भीम बस्नेत लगायत । तस्विर : ललिता साह

ललिता साह 

बोदेवर्साइन (सप्तरी), माघ १० गते । घरबारविहीन भई उठीबासको अवस्थामा पुगेका जिल्लाका मिटर ब्याजी पीडितहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले न्यानो सिरक वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गतका जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिद्वारा सप्तरीमा निरन्तर न्यानो सिरक वितरण गर्ने क्रममा मंगलबार कठाङग्रिदो जाडोमा जिल्लाभरिबाट विरोधको कार्यक्रमको लागि सदरमुकाम राजविराज आउनुभएका २० जना विपन्न तथा ज्येष्ठ नागरिक समेत रहेका मिटर ब्याजी पीडितहरूलाई कार्यालयमै बोलाएर फाइबरको सिरक वितरण गरिएको कार्यालयको प्रशासकीय अधिकृत भीम बस्नेतले जानकारी दिनुभयो ।

मंगलबार नै छिन्नमस्ता गाउँपालिका ३ को विपन्न सदाबस्तीका ३० परिवारलाई फाइबरको न्यानो सिरक वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ । कार्यालयले यसअघि नै डाक्नेश्वरी वडा (६ मा ३५ थान, राजविराज-९ कृष्ण नगरका सदा बस्तीमा २५ थान फाइवर सिरक वितरण गरिसकेका छन् ।