छोरीभन्दा छोरा धेरै जन्मिए
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो।
घट्यो मातृ मृत्युदर : प्रति एक लाख जन्ममा मातृ मृत्युदर १५१
नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ।
कुल जनसङ्ख्याको २.२ प्रतिशतमा अपाङ्गता
कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ।
प्रसव फिस्टुलाको उपचारका लागि सरकारले तोक्यो तीन स्वास्थ्य संस्था
सरकारले प्रसव फिस्टुलाको उपचारका लागि तीनवटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, काठमाडौं मोडेल अस्पताल, काठमाडौं र पादेशिक अस्पताल, सुर्खेत गरी तीनवटा अस्पताललाई प्रसव फिस्टुलाको उपचारका केन्द्र तोकेको जनाएको छ ।
क्षयरोगका बिरामी : महिलाभन्दा पुरुष बढी
कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।
क्षयरोग न्यूनीकरण गर्न कठिन
बागलुङमा हरेक वर्ष क्षयरोगका बिरामी थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय तथा स्थानीय निकायका स्वास्थ्य शाखाले रोग नियन्त्रणको व्यापक सचेतना, खोजपड्ताल लगायतका कार्यक्रम सञ्चालन गर्दा पनि नियन्त्रण हुन नसकेको हो ।
नवलपुरमा क्षयरोग उपचारमा चुनौती
पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ ।
गर्भवतीलाई झोलुङ्गेमा झुन्ड्याएर अस्पताल लानु पर्ने बाध्यता
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आम डाँडा निवासी हीरा गुरुङलाई बिहीबार प्रसुति व्यथा लागेपछि गाउँलेहरूले झोलुङ्गेमा बोकेर अस्पतालमा पुर्याए । गाउँमा मोटर बाटोको पहुँच नहुँदा एम्बुलेन्स जान नसकेकोले झोलुङ्गे (डोली)मा बाेकेर उनीहरूले अस्पतालमा पुर्याएका हुन् ।
एक वर्षमा ३७ हजार बढी क्षयरोगी पुष्टि, ९१ प्रतिशत बिरामीको सफल उपचार
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या घटेन
सुदूरपश्चिममा गत सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीमा २३ जनाको सो रोगबाट मृत्यु भएको छ ।
८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।
पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो ।
कान्छी प्राध्यापकलाई खर्च जुटाउन सकस
स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरबाट छ वर्षदेखि ग्रस्त एक जना प्राध्यापक अहिले उपचार खर्च जुटाउने अभियानमा हुनुहुन्छ । क्यान्सर हुँदा नै विद्यावारिधि गरेर तथा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रतिस्पर्धामा गणित विषयकी सबैभन्दा कान्छी प्राध्यापक बन्नुभएको थियो ।
घरबारी बेचेर क्यान्सर उपचार
नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।
तातोपानीका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो ।
तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर
तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । सात वटा वडा रहेका पालिकाका सबै वडा र एउटा अस्पतालमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।
'मातृ मृत्युदरमा कमी आएन'
यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार अझै मातृ मृत्यु दरमा कमी आउन सकेको छैन ।
स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै
भैरहवमा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डा. सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।
गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
कुपोषण जनस्वास्थ्यको समस्या बन्दै
पछिल्लो समय नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले जनसांख्यिक सर्वेक्षण २०२२ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको बताउनुभयो ।
शिक्षण अस्पतालको बर्न वार्डका लागि उपकरण हस्तान्तरण
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बर्न वार्डका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ।
‘मुखको परीक्षणले अन्य अङ्गको रोग पत्ता लगाउन सकिन्छ’
मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न चिकित्सकको सुझाव छ । वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाशराज न्यौपानेले नेपालीले खैनी, चुरोट, गुट्का बढी सेवन गर्ने भएकाले नेपालीको मुखको स्वास्थ्य खराब नराम्रो भएको बताउनुभयो ।
झन्डै छ हजार जनामा डेङ्गु सङ्क्रमण
हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। यस वर्षको सुरुवातदेखि डेङ्गु रोगको सङ्क्रमण सुरु भएपछि उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो। हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएपछि उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ।