• १२ वैशाख २०८१, बुधबार

स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै

blog

लक्ष्मण पौडेल

भैरहवा, चैत ७ गते । भैरहवमा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डा. सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो । 

भैरहवाको ओजस अस्पतालबाट स्तन क्यान्सरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गर्नुभएका डा. पाण्डेले अब स्तन क्यान्सरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिनुभयो । क्रमिक रुपमा स्तन क्यान्सरका बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुँच नहुँदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।  

चितवन, काठमाडौंलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्त जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डा.पाण्डेले बताउनुभयो । 

महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ ।  महिलाभन्दा पुरुषको स्तन क्यान्सर घातक मनिन्छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँचमध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना छ ।