शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन
पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गरिदै
जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नुभएको छ । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गर्नुभएकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थाल्नुभएको हो ।
स्वस्थ जीवनका लागि पर्याप्त निद्रा अपरिहार्य
स्वस्थ जीवनयापनका लागि ‘गुणस्तरीय निद्रा’ अपरिहार्य रहेको बताइएको छ। ‘नेप्लिज सोसाइटी अफ स्लिप डिस्अर्डर्स’ले आयोजना गरेको एक कार्यक्रममा चिकित्सकहरूले गुणस्तरीय निद्राले मात्रै स्वस्थ जीवनशैली अपनाउन सकिने बताउनुभएको हो। छाती रोग तथा निद्रा विकार विशेषज्ञ डा. राजु पङ्गेनीले स्वस्थ व्यक्तिका लागि २४ घण्टामा कम्तीमा सातदेखि आठ घण्टा निद्रा आवश्यक रहेको बताउनुभयो। निद्रालाई प्राथमिकता नदिने गरिएको भन्दै उहाँले निद्रा नपुग्दा व्यक्तिको दैनिकी र स्वास्थ्यमा धेरै समस्या पर्ने बताउनुभयो। गुणस्तरीय निद्रा नभएको अवस्थामा विभिन्न दुर्घटना हुन सक्ने उहाँको भनाइ छ।
दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे
दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।
जलविन्दु रोकथामका लागि सचेतना जरुरी
चिकित्सकहरूले अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न सुझाव दिएका छन् । विश्व जलविन्दु सप्ताहको रूपमा शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेत्ररोग विशेषत्रज्ञ डा. प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताउनुभयो ।
आँखा नदेख्ने बिरामी युवाको बिचल्ली
बिरामी आँखा नदेख्ने एक युवा उपचार पाउनु त परकै कुरा उहाँ गोठमा बस्न बाध्य छ । सिमकोट गाउँपालिका –२ को ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा आँखा नदेख्ने र हिँडडुल गर्न नसक्ने भएपछि उहाँलाई परिवारलाई उपचार गर्न नसक्ने भन्दै गोठमा राख्दै आएको छ ।
न्याम्स पदाधिकारीविहीन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा उपकुलपतिलगायतका पदाधिकारीको पद रिक्त भएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा डीएन शाहको मङ्गलबार र अन्य पदाधिकारीको कार्यकाल बुधबारबाट रिक्त भएको छ । रेक्टर प्राडा सुवोध अधिकारी, रजिस्ट्रार प्रमिला देवान र डिन डा. पीयूष दाहालको कार्यकाल सकिएसँगै न्याम्सका पदाधिकारी रिक्त भएको हो ।
चिकित्सकविरुद्ध बढ्दै उजुरी
नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
करिब २२ लाख प्रिमियम रकम व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी फरार
बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपियाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी सम्पर्कविहिन भएको पाइएको छ ।
कैलालीमा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै
टीकापुर नगरपालिका ब्लक नम्बर १२ की मीना परियारको पेटमा समस्या भयो । स्वास्थ्य बीमा गरेको हुनाले परिचयपत्र बोकी छिमेकीलाई सहयोगी बनाएर टीकापुर अस्पताल आउनुभयो ।
शिवनाथमा लुम्पी भाइरलको सङ्क्रमण
बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ ।
करोडौँ लगानीको ‘कोभिड ल्याब’ प्रयोगहीन
कोरोना महामारीका बेला स्थापना गरिएको ‘कोभिड ल्याब’ प्रयोगहीन बनेको छ । करिब डेढ करोड रुपियाँ खर्च गरेर तानसेनको धोबीधारामा स्थापना गरिएको कोभिड ल्याब हाल आएर प्रयोगहीन अवस्थामा पुगेको हो । नेपाल सरकारले २०७७ साल असोजमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालन गरेको थियो । हाल आएर यो ल्याब सञ्चालन हुन नसकेको पाल्पा अस्पतालले जनाएको छ ।
इलाममा कोरोनाविरुद्धको बुस्टर खोप
सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो ।
आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।
विद्यालयमा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
धुलिखेल–दोलखा अस्पतालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत साखिने आधारभूत विद्यालयका ५५ विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपालगञ्जमा खोपकाे घरदैलो सर्वेक्षण
कोभिड, दादुरा विरुद्धको खोप, विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएको छ ।
नेपालभर २५४ वटा डायलासिस मेसिनको माग
सरकारसँग देशभर ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार देशभरका साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् ।
महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल
सुनसरीको गढी गाउँपालिका–५ मा निःशुल्क सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको छ ।
गर्भवतीको हेलिकोप्टरबाट उद्धार
दुई दिनदेखि प्रशव बेथा लागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
आफ्नै खर्चमा कानेपोखरी अस्पताल
मोरङको कानेपोखरी–४ स्थित बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कानेपोखरी अस्पताल बनाएपछि अस्पतालमा बिरामीको चाप बढेको छ। पहिलो स्थापना दिवसका अवसरमा अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. अभिजित खड्काले दिनुभएको जानकारीअनुसार गत वर्ष फागुन २७ देखि असार मसान्तसम्म अस्पतालमा १४ हजार ७२४ जना बिरामी उपचारका लागि पुगेका थिए। चालू आर्थिक वर्षको माघ मसान्तसम्म १८ हजार ३६८ जना बिरामीले अस्पतालको सेवा लिइसकेका छन्। दुई मेडिकल अधिकृतले पूर्णकालीन सेवा र एक रेडियोलोजिस्टले हप्तामा दुई दिन सेवा दिइरहेको अस्पतालमा हाल कुल ३२ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।
गाउँमै स्वास्थ्य जाँच
सिन्धुली जिल्लामा स्थानीय तहले गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचको सुविधा दिन थालेका छन्। मातृशिशु सुरक्षाका लागि गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचसहित विभिन्न सुविधा उपलब्ध गराउन थालेको स्थानीय तहले जनाएका छन्। पालिकाले गर्भवतीलाई गाउँमा स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएपछि स्वास्थ्य संस्था खोज्दै जिल्ला सदरमुकाम र सहरी क्षेत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ ।
जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।